बुधबार, २६ वैशाख २०८१

मेलम्चीका बाढी र पहिरो प्रभावितलाई कुमारी बैंकको सहयोग

समयपोष्ट २०७८ असार ६ गते १४:५७

Advertisement

केही दिन देखिको लगातार वर्षाको कारण आएको बाढीका कारण विस्थापित सिन्धुपाल्चोक मेलम्चीका बाढी पीडितलाई कुमारी बैंकले सहयोग उपलब्ध गराएको छ ।

बैंकले मेलम्ची नगरपालिका क्षेत्रमा बाढी र पहिरोले प्रभावित समुदायलाई ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिलाहरू तथा शिशुहरूका लागि प्रयोग हुने अत्यावश्यक सामग्रीका साथै अत्यावश्यक औषधीहरू प्रदान गरेको छ ।

उक्त राहत सामाग्री कुमारी बैंक मेलम्ची शाखाका शाखा प्रमुख बिनोद भक्त श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्याललाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री