शनिबार, १५ वैशाख २०८१

अर्घाखाँची र प्युठान जोड्ने पक्की पुल भत्कियो, चार दिन अघि भएको थियो ढलान

समयपोष्ट २०७८ असार ३ गते १४:२९

Advertisement

प्रदेश नं ५ को अर्घाखाँची र प्युठान जोड्ने पक्की पुल भत्किएको छ ।

प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको हो ।

चार दिन अगाडि मात्रै ढलान भएको ७० मिटर लामो उक्त मोटरेबल पुलको ३५ मिटर भाग भत्किएको सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीले जानकारी दिए ।

संघीय सरकारले विनियोजन गरेको ७ करोड १२ लाख रुपैयाँ बजेटमा पुल निर्माण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री