शुक्रबार, १४ वैशाख २०८१

डिशहोमले प्रत्यक्ष प्रसारण गर्दै युरो कप, कमेन्ट्री नेपाली भाषामा सुन्न सकिने

समयपोष्ट २०७८ जेठ ३० गते १८:३५

Advertisement

नेपालको डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले युरो कपको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

डिशहोमको एक्सन स्पोर्ट्स च्यानलबाट युरो कपको प्रत्यक्ष प्रसारण हेर्न सकिने भएको हो । डिशहोमबाट हुने युरो कपको प्रत्यक्ष प्रसारण नेपाली  र अंग्रेजी दुबै भाषामा कमेन्ट्री सुन्न सकिने कम्पनीले जनाएको छ । इन ब्युल्ट भाषा चाहिँ अंग्रेजी कमेन्ट्री हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले रिमोटबाट नेपाली भाषामा समेत कमेन्ट्री हेर्न सक्छन् । डिशहोमका ग्राहकले रिमोटमा रहेको पहेलो रंगको अडियो बटनमा थिचेर नेपाली भाषामा कमेन्ट्री हेर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री