माधव समूहको भेलामा नेताहरुले भने -ओलीको भुलभुलैयामा नलागौँ

नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको बिहीबार भर्चुअल माध्यमबाट भएको केन्द्रीय कमिटी बैठक सकिएको छ ।

Advertisement

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताईएको छ । बैठकमा नेता सुरेन्द्र पाण्डले ओलीले आफू कमजोर भएका बेला संवादको कुरा गरेर अलमल्याउन खोजेको र वार्ताबाट खासै उपलब्धि हाँसिल नभएको बताए ।

पाण्डेको भनाइ उद्धृत गर्दै एक नेताले भने,‘ओलीजीले वार्तामा बसौं भन्नुभयो, हामी पार्टी मिल्छ भने संवाद गर्दैमा केही ब्रिगदैन भनेर बस्यौं तर उहाँहरुले यसलाई दाउपेचका रूपमा मात्रै प्रयोग गर्न खोज्नु भयो ।’

पार्टीलाई जेठ २ मै फर्काउन पहल गर्ने भन्दै नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई पछिल्ला केही दिनदेखि संस्थापन पक्षसँग वार्तामा थिए ।

त्यस्तै बरिष्ठ नेता झलनाथ खनालले ओलीका गतिविधि सच्चिने तर्फ अझै नदेखिएको बताएका छन् । खनालले अझै केही समय ओलीविरुद्ध संघर्ष गर्नुपर्ने र पार्टी फुटाउन हतार गरिहाल्न नहुने बताएको बुझिएको छ । बोल्ने अन्य नेताहरुले भने ओलीको भुलभुलैयामा लाग्न नहुने सुझाव दिएको बताईएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री