शुक्रबार, ७ वैशाख २०८१

भोलिदेखि जोर–बिजोर लागू, गाडी र मोटरसाईकलमा कति जना बस्न पाईने ?

समयपोष्ट २०७७ जेठ ३२ गते १८:३७

Advertisement

गृह मन्त्रालयले भोलि देखि चारपांग्रे निजी सवारी साधन र मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय गरेको बताईएको छ । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो ।
मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन । जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो । यस्तै कार्यान्वयन गर्ने निकाय पनि अलमलमा रहेको थियो ।

सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन् ।

गृहको सर्कुलरअनुसार उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ । यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री