सोमबार, १७ वैशाख २०८१

नायिकाको छोराले मेकअप आर्टिस्टलाई नग्न तस्विर पठाएपछि…

समयपोष्ट २०७७ जेठ ३१ गते ९:४२

Advertisement

भारतकी मलयालम नायिका माला पार्वतीका छोरामाथि नग्न तस्विर पठाएको आरोप लागेको छ ।

केरलकी ट्रान्सवुमन मेकअप आर्टिस्ट सीमा विनितले सोसल मिडियामार्फत् पार्वतीका छोराले नग्न तस्विर पठाएको आरोप लगाएकी हुन् । फेसबुकमा लाइभ आएकी सीमाले नायिकाको नाम त लिइनन् तर भिडियोको अन्तिममा उनले मालाका छोराको नाम भने बताइन् । सीमाले भनिन्, ‘मलाई ती व्यक्तिले सन् २०१७ देखि अश्लिल मेसेज पठाइरहेका थिए, जुन मैले हालै मात्रै देखेँ । मेरो पोस्ट देखेपछि नायिकाले माफी मागेकी छिन् र आफ्नो छोरालाई ठिक पार्न कोसिस गर्ने बताइन् । उनले मलाई कानूनी कारवाही गर्न र मेरो साथमा भएको पनि बताइन् ।’

आफ्नो छोरामाथि लागेको आरोपमा पार्वतीले कुनै पनि हालतमा आफ्नो छोराको बचाउ नगर्ने र वास्तविकता थाहा पाउनका लागि रिपोर्ट दर्ता गरेको बताएकी छिन् । माला पार्वतीले सोसल मिडियामा लाइभ आएर आफ्नो छोराविरुद्ध विवादास्पद आरोप आफ्नो जानकारीमा आएको र सीमा विनितसँग माफी मागेको बताइन् । उनले महिला र आमा भएको नाताले उनलाई कानूनी कारवाहीको सल्लाह पनि दिएको बताइन् । माला पार्वतीले भनिन्, ‘मैले सीमाकी एक साथीसँग कुरा गरेकी थिएँ उनले क्षतीपूर्ती पाए मात्रै यो विषयमा सम्झौता गर्ने बताएकी छिन् ।’

यस्तै पार्वतीले आफ्नो छोराले सबै कुरा दुवैको सहमतीमा भएको बताएको समेत उल्लेख गरेकी छिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री