सोमबार, १७ वैशाख २०८१

अचानक मृत्यु भएका अभिनेताकी श्रीमती गर्भवती, तस्बिर एकाएक चर्चित

समयपोष्ट २०७७ जेठ २६ गते २१:३८

Advertisement

कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सर्जाको आइतबार हृदयघातका कारण निधन भयो । उनी ३९ वर्षका थिए । निधनपछि उनको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि घर पुर्याइयो । उनको अन्तिम संस्कार सोमबार दिउँसो उनको फार्म हाउसमा हुने भारतीय सञ्चार माध्यमले बताएको छ ।

चिरञ्जिवीको निधनपछि सोसल मिडियामा उनका प्रशंसकले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् । यसका साथै चिरञ्जिवि सर्जा र नायिका मेघना राजको तस्बिर पनि एकाएक चर्चित बनेको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार नायिका मेघना राज गर्भवती छिन् । उनको फार्महाउसबाट सार्वजनिक भएको उनको तस्बिरमा मेघनाको तस्बिर देखेर यस्तो अडकलबाजी गरिएको हो ।

यी दुईको विवाह दुई वर्ष अघि २०१८ को मे २ तारिखमा भएको थियो । यी दुईले क्याथोलिक रितिरिवाजमार्फत् विवाह गरेपछि हिन्दु रितिरिवाजमा पनि विवाह गरेका थिए । मेघना र चिरञ्जिविले १० वर्ष डेट गरेपछि विवाह गरेका थिए ।

चिरञ्जिविले फिल्मी करियरको सुरुवात वायुपुत्रमार्फत् गरेका थिए । उनको अन्तिम फिल्म शिवार्जुन थियो जसमा उनले अमृता अयंगर र अक्षता श्रीनिवाससँग मुख्य भूमिका निभाएका थिए । चिरञ्जिवीले कूल २२ फिल्ममा काम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री