शुक्रबार, ४ जेठ २०८१

भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनः निर्माण गर्ने

समयपोष्ट २०७७ जेठ २६ गते १५:०२

Advertisement

भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनः निर्माण गर्ने भएको छ ।

भारतले गोरखा, नुवाकोट, धादिङ्, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनः निर्माण गर्ने भएको हो । सोमबार सो सम्बन्धि सम्झौतापत्रमा भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको प्रतिनिधिले हस्ताक्षर गरे ।

भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको नेरु २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनः निर्माण गरिनेछ । भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनः निर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

Advertisement

भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री