शुक्रबार, २१ वैशाख २०८१

घरमालिकहरुले घरभाडाको सट्टा शारीरिक सम्पर्कको प्रस्ताव गरेपछि…

समयपोष्ट २०७७ जेठ २४ गते १०:११

Advertisement

कोरोनाभाइरसका कारण भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड खडा भएको छ। नोकरी गइसकेपछि उनीहरुसँग कोठाको भाडा तिर्ने पैसा समेत बचेको छैन। यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्।

नेसनल फेयर हाउजिङ एलायन्स (एनएफएचए)को एउटा रिपोर्ट अनुुसार १०० भन्दा धेरै फेयर हाउजिङ ग्रुपले पूरै अमेरिकामा मानिसहरु यस्तै समस्यासँग जुधिरहेको देखेको छ। यस महामारीका बीच देशमा उत्पीडनको मामला १३ प्रतिशत बढेको छ।

एक महिलाले एनएफएचएको वेबसाइटका माध्यमद्वारा भनेकी छन्, ‘यदि मैले आफ्नो प्रोपर्टी मेनेजरका साथ शारीरिक सम्पर्क गर्न नमाने मलाई घरबाट बाहिर निकालिदिन्छ। एक सिगंल आमा भएको नाता मसँग दोस्रो कुुनै विकल्प बचेको छैन। म आफ्नो घर गुमाउन चाहन्न।’

घरभाडाका बदला शारीरिक सम्पर्कको माग गर्ने मामला अब अमेरिकादेखि ब्रिटेनमा पनि परीक्षणको दायरामा आएको छ। सेक्सको बदला रेन्ट फ्री एकोमोडेसनको सुविधाका नाममा बढ्दो अनलाइन विज्ञापनहरुबाट पनि पर्दा उठेको छ।

Advertisement

विश्वभरि नै तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसका कारण लाखौं रोजगारीबाट हात धुुनुु परिरहेको छ। लकडाउन र यात्रामा बन्दाबन्दी भएपछि व्यापार व्यवसाय ठप्प भएको छ। आम्दानीका साधन समाप्त भएपछि आज वित्तीय संघर्षसँग लडिरहेका छन्।

उत्तर अमेरिका र यूूरोपियन अथोरिटीज क्यास बेनेफिट्स, रेन्ट फ्रिजिस र निष्कासन प्रतिबन्धसँग जोडिएको नियम आएको छ ता कि मानिसहरु बेघर हुनबाट बच्न सकुन्। एनएफएचएका सल्लाहकार मोर्गन विलियम्स भन्छन्, ‘घरबाट बाहिर निस्कनका लागि विवश व्यक्तिहरुका सामु कतिपय समय ठूला कठिन विकल्प बच्छ।’

हाउजिङ च्यारिटी सेल्टर (इंल्यान्ड) को २०१८ को एक रिपोर्ट अनुुसार पछिल्लो ५ वर्षमा प्रपोर्टी मेनेजरले भने, ‘करिब अढाइ लाख महिलाहरु घरभाडा दिनुका सट्टा शारीरिक सम्पर्क प्रस्ताव गर्छन्।’ ब्रिटिस ल मेकर वेहा हबहाउसका अनुसार भाडाका सट्टा शारीरिक सम्पर्कको माग बढ्ने सम्भावना पहिले नै थियो किनकि लकडाउनका समय व्यक्तिहरुसँग घरमा कैद हुनेबाहेक अन्य कुनै विकल्प थिएन।

हबहाउस भन्छ, ‘महामारीका दौरान पूरै बेलायतमा वित्तीय संकटसँग जुुधिरहेका मानिसहरुले यसको अनुभव गरेका छन्। भाडा तिर्नमा असमर्थ व्यक्तिहरुको बाध्यता घरमालिकको सर्त स्वीकार गर्नुपरेको छ।’ एनएफएचएले आफ्नो रिपोर्टमा दाबी गरिएको छ कि धेरै महिलाहरु घरमालिकका विरुद्धका घटना दर्ता गरेका छैनन्। किनकि उनीहरुलाई डर छ कि यसो गरेमा प्रपोर्टी मेनेजरले घरबाट बाहिर निकाल्नेछन्। त्यस्तै वित्तीय अवरोध पनि अर्को कारण हुनसक्छ।
मानव अधिकारका वकिल कारिन लान्गे भने, ‘भाडाको बदलामा शारीरिक सम्पर्कका लागि अमेरिकामा महिलाहरु धेरै समयदेखि नै सिकार भइरहेका छन्।’ – एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री