बिहीबार, ८ साउन २०८२

बिद्यार्थीलाई खाजा खर्चका लागि ५ अर्ब बजेट, छात्रालाई नि:शुल्क स्यानिटरी प्याड

समयपोष्ट २०७६ जेठ १५ गते १६:५४

सरकारले शिक्षाका लागि कूल १ खर्ब ६३ अर्ब ६७ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले संघिय संसदमा बजेट प्रस्तुत गर्दै शिक्षाको विकासमा सबै बालबालीकालाई माध्यमकि तहसम्म निुशल्क शिक्षा, मात्रृभाषा शिक्षा दिने र आगामी आवमा ७० जिल्लालाई पूर्ण सारक्षता गराउने योजना रहेको जानकारी दिए ।

खतिवडाले एक विद्यालय एक खेलकुद शिक्षक अनिवार्य गराएको बताए । त्यसको लागि ५ करोड बजेट छुट्टयाईएको छ । ८ अर्ब ५३ करोड तीन सय विद्यालय बनाउनेका लागि छुट्टयाईएको छ । ३ अर्ब १९ करोड छात्रवृतिको लागि छुट्याईएको छ ।

४७ अर्ब रुपैयाँ स्थानीय तहका विद्यालको लागि छु्ट्टयाईएको छ । शिक्षक सिकाइ अनुदानको लागि १ अर्ब, रंगिन पाठयपुस्तक बनाउन २ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

२२ लाख २९ हजार विद्यालयका विद्यार्थीलाई दिवा खाजा खुवाउन ५ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । छात्रालाई स्यानिटरी प्याड नि:शुल्क रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री