शनिबार, ५ जेठ २०८१

शारीरिक सम्बन्ध बनाएपछि पुरुषहरु के सोच्छन् ?

समयपोष्ट २०७६ जेठ १२ गते १२:४७

Advertisement

शारीरिक सम्बन्ध बनाएपछि पुरुषहरु के सोच्छन् होला ? एक अनुसन्धानले शारीरिक सम्बन्ध बनाएपछि पुरुषहरु निकै दुखी हुने तथ्य सार्वजनिक गरेको छ । जर्नल अफ सेक्स र म्यारिटल थेरापीमा प्रकाशित अनुसन्धान अनुसार शारीरिक सम्बन्धपछि महिलाहरुजस्तै पुरुष पनि पोस्ट–कोइटल डिस्फोरियाबाट ग्रसित हुन्छन् । पीसीडी (पोस्ट–कोइटल डिस्फोरिया) यस्तो बिरामी हो जुन व्यक्तिको भित्र शारीरिक सम्बन्ध बनाएपछि उदासी, चिन्ता, चिडचिडाहट र रिस पैदा हुन थाल्छ ।

अस्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका अनुसन्धानकर्ताका अनुसार यस्ता गुनासाहरु महिलामा पाइन्थ्यो । तर, पुरुषहरुमा पनि यस्ता भावनहरु पैदा हुने पहिलो पटक पत्ता लागेको हो ।
यस अनुसन्धानमा संलग्न जोएल म्याकज्कोविएकले बताएअनुसार रिसर्चको लागि अनलाइन सर्वेक्षणको माध्यमबाट अस्ट्रेलिया, अमेरिका, यूके, रुस, न्यूजील्याण्ड, जर्मनी र अन्य देशका गरी १२०८ पुरुषलाई सहभागी गराइएको थियो ।

अनुसन्धानको नतिजाअनुसार चालीस प्रतिशत पुरुषले आफ्नो पूरै जीवनमा पीसीडीको अनुभव गरेको स्वीकार गरे । भने बीस प्रतिशतले चार हप्तामा पोस्ट–कोइटल डिस्फोरियाको प्रभाव महसुस गरेका थिए । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री