शनिबार, ८ वैशाख २०८१

पूर्वखोला जल्पामा खानेपानी व्यवस्था हुने

समयपोष्ट २०७६ जेठ ७ गते १३:२९


खानेपानीको समस्या भएको पूर्वखोला गाउँपालिका वडा नम्बर २ मा अब लिफ्टिङमार्फत खानेपानीको व्यवस्था गर्न लागिएको छ । प्रदेश नम्बर ५ प्रदेश सरकारको समन्वय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पाल्पाको प्राविधिक सहयोग र स्थानीयवासीको पहलमा करीब रु ९० लाखको लागतमा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्य राखिएको वडाध्यक्ष नीरबहादुर सारुले जानकारी दिए । पूर्वखोला – २ जल्पा साठीकोलका करीब ६३ घरधुरीलाई खानेपानी सुविधा पुर्‍याउन आज योजनाको शिलान्यास गरिएको छ । गाउँपालिकाले एक घर एक धारा अभियानलाई सफल बनाउँदै सेवा दिन लागेको हो ।

Advertisement

गाउँबाट तीन सय मिटर तल खोल्साबाट पानी तानेर सेवा दिन लागिएको प्राविधिक शोभाखर अधिकारीले बताए । उनका अनुसार दुई ट्याङ्कीमा पानी जम्मा पारेर वितरण गरिने छ । गाउँको एउटा धारामा घण्टौँ लगाएर पालोअनुुसार पानी भरेर प्रयोग गर्दै आएका गाउँवासीले अब छिट्टै यस्तो समस्या समाधान हुने विश्वास लिएका छन् । स्थानीयवासी बोमबहादुर सारुले अब घरघरमा धारा निर्माण हुने र खानेपानीको समस्या समाधान हुने भएपछि खुशी लागेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री