शनिबार, १५ वैशाख २०८१

१८ प्रतिशतले घट्यो टेलिकमको नाफा

समयपोष्ट २०७६ वैशाख ३१ गते ११:४३

Advertisement

नेपाल टेलिकमको खुद नाफा १८ प्रतिशतले घटेको छ ।

टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ९८ करोड ३९ लाख खुद नाफा गरेको छ । गत आवको यसै अवधिमा ११ अर्ब ८५ करोड ६४ लाख खुद नाफा कमाएको थियो ।

कम्पनीको आम्दानी नै घटेपछि नाफामा ठूलो गिरावट देखिएको हो। ९ महिनामा कम्पनीले कुल २७ अर्ब ५० करोड आम्दानी गरेको छ। जवकि गत वर्ष यस अवधिमा २९ अर्ब ३९ करोड आम्दानी भएको थियो।

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी नै एक अर्ब ८९ करोड घटेर २७ अर्ब ५० करोडमा झरेको छ । गत आवको यसै अवधिमा कम्पनीले सेवा बेचेर २९ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको थियो। यस अवधिमा कम्पनीले कम्पनीले प्रशासनिक र कमर्चारीको सेवा सुबिधाको खर्च भने घटाएको छ ।

यस अवधिसम्ममा कम्पनीले सेवा बिक्री र अन्य आम्दानीबाट कुल ३२ अर्ब ४७ करोड कूल आम्दानी गरेको छ। गत आवको यसै अवधिमा कम्पनीले कुल ३३ अर्ब ८५ करोड कमाएको थियो। चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८६ अर्ब ४० करोड जम्मा भएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८८ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ ६७६ रुपैयाँ ०५ पैसा र मूल्य आम्दानी अनुपात ७.०२ गुणा छ ।

गत आवको यसै अवधिमा कम्पनीसँग १५ अर्ब चुक्ता पूँजी र ७९ अर्ब ६९ करोडको जगेडा कोष थियो भने इपिएस १०५ रुपैयाँ ३९ पैसा रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री