
संघीय संसद प्रतिनिधिसभाको बैठकमा आजदेखि आर्थिक वर्ष २०७६/७७ को प्रि–बजेटमाथि छलफल हुँदैछ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्याएको बेला संसदमा प्रि–बजेटमाथि छलफल हुन लागेको हो ।
यसअघि गएको शुक्रबार अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । नीति तथा कार्यक्रमभन्दा पहिला प्रि–बजेटबारे छलफल गर्ने संसदीय परम्परा भए पनि सरकारले यस वर्ष नीति कार्यक्रम पारित भएपछि प्रि–बजेटमाथि छलफल गराउन लागेको हो ।
सोमबार या मंगलबारसम्ममा प्रि–बजेट छलफल सक्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ । आउँदो जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा पेश गर्नुपर्ने र त्यसको १५ दिन अगावै प्रि–बजेटमाथि छलफल सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।









प्रतिक्रिया