शुक्रबार, १४ वैशाख २०८१

‘बार लाउन्ज’ तयार गर्न अम्बानी घर पुगिन् शाहरुख पत्नी

समयपोष्ट २०७६ वैशाख २५ गते १४:२२

Advertisement

चर्चित इन्टेरियर डिजाइनर तथा बलिउड सुपरस्टार शाहरुख खानकी पत्नी गौरी खानले हालै सामाजिक सञ्जालमा एउटा तस्विर सेयर गरेकी छिन् । जसमा उनी उनी निता अम्बानीसँग सोफामा बसिरहेको देख्न सकिन्छ ।

खासमा उनी निता अम्बानीको घर एन्टिलियामा बार लाउन्ज तयार गर्न पुगेकी थिइन् । अम्बानी परिवारको उक्त घर  एशियाको सबैभन्दा महँगो घर हो ।

त्यहाँ  उनले व्यापारी मुकेश अम्बानीकी श्रीमती निता अम्बानीसँग मिलेर काम गरिन् ।

इन्स्टाग्राम तस्बिर सेयर सेयर गर्दै गौरीले लेखेकी छिन् , ‘एन्टिलियाको यो स्थानमा काम गर्नु निकै उत्कृष्ट अनुभव थियो । यो निश्चित रुपमा हाम्रो टप प्रोजेक्टमध्ये एक रह्यो । निता र उनको रुचीसँग काम गर्नु निश्चित नै प्रेरणादायी रह्यो ।’

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री