शुक्रबार, ४ जेठ २०८१

अन्त्येष्टि गर्न लाग्दा श्वास फेरेपछि अस्पताल ल्याइयो

समयपोष्ट २०७६ वैशाख २३ गते १४:५५


एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काइ पुनः अस्पताल ल्याइएको छ ।
चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक अविवाहिता युवतीले अस्पतालमा बच्चा जन्माएकी थिइन् ।

Advertisement

शिशुको मृत्यु भएको भनी परिवारजनले देवघाटमा अन्त्येष्टिका लागि तयारी गर्दै गर्दा स्थानीयवासीले जीवितै देखेपछि शिशुलाई अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुको हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए । शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अविवाहित युवती भएकाले उनको नाम र ठेगाना गोप्य राखिएको उनको भनाइ थियोे । उक्त शिशुको सोमबार अपरान्ह १२ः३०मा निधन भएको अस्पताल स्रोतले जनायो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री