बिहीबार, ३ जेठ २०८१

बेनालीको शोरुम ‘कारकादो’ नेपालगञ्जमा

समयपोष्ट २०७६ वैशाख २२ गते १२:३४

Advertisement

विश्व प्रसिद्ध पुरानो ईटालियन मोटरसाईकलको ब्राण्ड बेनाली मोटरसाइकलको आधिकारिक बिक्रेता गोरखा इन्टरप्राईजले शोरुम ‘कारकादो’ नेपालगञ्ज–१८ मा सञ्चालनमा ल्याउने भएको छ।

आजबाट सञ्चालनमा ल्याउन लागिएको उक्त शोरुमको समुद्घाटन समारोहमा बेनालीका ब्राण्ड एम्बेसडर अनमोल के.सी. को उपस्थिती रहनेछ ।

बेनाली मोटरसाईकलको अत्याधिक मात्रामा बजारमा माग रहेको कम्पनीको दाबी छ । गोरखा इन्टरप्राईजले नयाँ सुविधाको आधारमा बजारमा १३५–६०० सि.सि. को रेञ्जमा मोटरसाईकल उपलब्ध रहेको जनाएको छ ।

बेनालीका अध्यक्ष सौरव जे.बि. राणाले भने, नेपालमा पाईने यी मोडलहरुमा शक्तिशाली इञ्जिन हुनुका साथै शक्तिशाली प्रदर्शनको लागि इटालियन अनुभवलाई आत्मसाथ गरेको र सुपथ मुल्यमा उपलब्ध हुने’ ।

Advertisement

बेनालीले बजारमा मोटरसाईकलको माग र चालकको चाहना परिपूर्ति गर्ने विश्वास लिएको छ । गोखा इन्टरप्राईजका सञ्चालक श्री ए. एम्. बागवान गुप्ता भन्छन्, ‘नयाँ शोरुम भनेको राज्यको एउटा कला हो । हामी उच्च सीपमुलक र प्रबिधियुक्त मोटरसाईकलका पार्ट्सहरु सुपथ मुल्यमा उपलब्ध गराउछौँ , हामी ग्राहकको सेवामा सदैव तत्पर भएर सुविधायुक्त तथा गुणस्तर सेवाको लागि उच्च प्राथमिकता दिनेछौं’ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री