शुक्रबार, १६ चैत २०८०

कृषि विकास बैंकद्धारा आधुनीक बैंकिङ्ग सेवाहरु शहर देखि गाउँ सम्म विस्तार

समयपोष्ट २०७४ जेठ १६ गते १२:४९

कृषि विकास बैंकले देशभर छरिएर रहेका आफ्ना ग्राहकहरुलाई आधुनिक प्रविधियूक्त बैकिङ्ग सेवा उपलव्ध गराउने उद्देश्य अनुसार नयां सेवा तथा सुविधाहरु थप्दै लगेको छ ।
यसैक्रममा एसएमएस बैकिङ, मोवाईल बैकिङ, भिसा कार्ड सेवाहरु उपलव्ध गराई सकेको छ । नेपाल सरकारको अधिक शेयर हिस्सा रहेको यस बैंकले आफ्ना ग्राहकहरुको बचतमा समुचित व्याज उपलव्ध गराउंदै आएको र कानुनी रुपमा स्थापित संघ संस्थाहरुमा कार्यरत कर्मचारीहरुका लागि “कर्मचारी निवृत्तीभरण बचत खाता” नामक नयां बचत योजना लगायत बचत तथा मुद्दती खातामा आकर्षण व्याज उपलव्ध गराउने गरी विविध नाम दिई बचत तथा मुद्दती योजना समेत ल्याएको बैकका प्रबक्ता तथा सूचना अधिकारी हिमलाल पौडेल जानकारी दिए । 
ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उल्लेखित सुविधा तथा सेवाहरु देशका दुर्गम ठाउंमा रहेका कृषि विकास बैक लि.का शाखाहरुबाट नियमित रुपमा उपलव्ध गराईएको छ । 
यसै गरी प्रर्याप्त जानकारीको अभावमा बैंकिङ्ग सेवाबाट बञ्चित भएका आम नेपाली दाजु भाई÷दीदी बहिनीहरुलाई बैंकिङ्ग सेवाबारे जानकारी गराउने अभिप्रायले “वित्तीय साक्षरता कार्यक्रम” संचालनमा ल्याई बैंकिङ्ग पहुंचमा सर्वसाधरणलाई समेटने गरी आफ्ना कार्यक्रमहरु बैंकका शाखाहरुबाट नियमित रुपमा संचालन गरिरहेको र एटिएम सेवालाई सर्वसाधरणको पहुंच हुने गरी ग्राहकहरुको माग अनुसार हाल ४१ वटा एटिएम बाट सेवा उपलव्ध गराउंदै आएको छ । एटिएम सेवालाई ग्राहकको माग अनुसार थप्दै लग्ने नीति बैंकले लिएको प्रबक्ता पौडेलले बताए ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री