शुक्रबार, ७ वैशाख २०८१

युनाइटेड मोदीको सेयर कारोबार खुल्यो ,हेर्नुहोस् कति ?

समयपोष्ट २०७४ जेठ १६ गते ७:१५

नेप्सेमा युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार मंगलबारदेखि खुलेको छ । कम्पनीको कारोबार ‘युएमएचएल’ संकेतबाट हुनेछ ।

Advertisement

नेप्सेले युनाइटेड मोदीको पहिलो कारोबार मूल्य न्यूनतम प्रतिकित्ता १०२ रुपैयाँदेखि अधिकत्म ३०५ रुपैयाँ तोकेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय दुई रुपैयाँ रहेको छ । 

गतसाता कम्पनीले नेप्सेमा एक करोड १५ लाख कित्ता साधारण सेयर सूचीकृत गराएको थियो ।

नेप्सेले कम्पनीको नेटवर्थको आधारमा अधिकत्तम तीन गुणासम्म मूल्य तोकेको हो ।

कुश्माको मोदीखोलामा दुईवटा जलविद्युत्त आयोजनाको प्रर्वद्धन गरेको कम्पनीले सर्वसाधरण लगानीकर्ताका लागि १७ लाख २५ हजार कित्ता साधरण सेयर जारी गरेको थियो । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री