बुधबार, १२ वैशाख २०८१

खुल्यो सनराईज बैंकको ३० प्रतिशत हकप्रद

समयपोष्ट २०७४ जेठ १६ गते ७:०७

सनराईज बैंकले चुक्तापूँजीको ३० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद सेयर मंगलबारदेखि निष्काशन गरेको हो ।

Advertisement

बैशाख २८ गते विहीबारसम्म बैंकको सेयरमा स्वामित्व कायम गरेका सेयरधनीले असार १९ गतेसम्म प्रभु क्यापिटल लिमिटेड कमलादी तथा सनराई बैंकको सम्पुर्ण शाखा कार्यालयहरुबाट हकप्रद भर्न सक्नेछन् ।

सनराईज बैंकले हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटललाई तोकेको छ ।

चुक्ता पूँजी पाँच अर्ब ४५ करोड ३२ लाख रुपैंया रहेको बैंकको ३० प्रतिशत हकप्रद बिक्री पश्चात चुक्ता पूँजी सात अर्ब नौ करोड रुपैंया नाघ्नेछ ।

सनराईज बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा गत बर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशत बढी ८६ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी २०.९८ रुपैयाँ कायम गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री