शुक्रबार, १६ चैत २०८०

बुटवलको देवीनगरमा भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको ४५ औं शाखा सञ्चालन

समयपोष्ट २०७४ जेठ १२ गते १०:०५

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले बुटवल उपमहानगरपालिका वडा नं। १३, देवीनगरमा आफनो ४५ औं शाखा कार्यालयको शुभारम्भ गरेको छ । 
शुक्रवार बैंकका अध्यक्ष सुशिल राज पराजुलीको अध्यक्षतामा एक कार्यक्रम आयोजना गरि  उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन बिभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले गरेका हुन् ।
बैकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले बुटवल आसपासमा रहेका जनतामा सरल र सहज बैकिङ्ग पहुँच पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याइएको बताए । 

Advertisement

यस बैंकले आफनो शाखा कार्यालयहरुबाट विभिन्न प्रकारको निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, लकर, मोवाईल बैकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफनो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको सिइओ खनालले जानकारी दिए । 
बैकले ४५ वटा शाखा सञ्जालहरु र १२ वटा एटिएमबाट आफना बैकिङ्ग सेवा प्रदान गर्दे आएको छ । 

      
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री