बिहीबार, १५ चैत २०८०

देवः विकास बैंकको नविकेका हकप्रद लिलामीमा

समयपोष्ट २०७४ जेठ १२ गते ७:१४

देवः विकास बैंकले नविकेका संस्थापक तर्फका हकप्रद सेयर लिलामीमा राखेको छ । बैंकले  तीन लाख ५६ हजार २९७ कित्ता हकप्रद सेयर लिलामीमा राखेको हो ।बैंकले गत माघ ९ गतेदेखि फागुन २७ गतेसम्म बिक्रीमा राखेको सेयरमध्ये केही बिक्री भएको थिएन ।

Advertisement

 बिक्री नभएको सेयरमा बैंकले जेठ २८ देखि असार १ गते भित्र शिलबन्दी वोलपत्र आह्वान गरेको छ । यसअघि बैंकले संस्थापक समूहको तीन लाख ८३ हजार दुई सय ९७ दशमलव ३८ कित्ता र साधारण समूहको दुई लाख ३४ हजार तीन सय ९८ दशमलव ३९ कित्ता सेयरमा लिलामी खोलेको थियो ।

जसमा सबै साधारण सेयर विक्री भएपनि संस्थापक समुहको २७ हजार कित्ता सेयर मात्र बिक्री भएको थियो । सेयर खरिद गर्न इच्छुकले बैंकको बिक्री प्रबन्धक एनआर्इबिएल क्यापिटल मार्केट्स लाजिम्पाटबाट आवेदन दिन सक्नेछन् । खरिद कर्ताले १०० रुपैयाँको फारम भरेर निबेदन दिन सक्नेछन् । बोलकबोलको शुरु मुल्य १०० रुपैयाँ रहेको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री