बिहीबार, १३ वैशाख २०८१

एनसेलले सार्वजनिक गर्यो योण्डर म्युजिक एप,ग्राहकहरुले आजैबाट लाभ लिन सक्ने

समयपोष्ट २०७४ जेठ १२ गते ६:०५

निजि मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले योण्डर म्युजिक एप सार्वजनिक गरेको छ । कम्पनीले अमेरिका स्थित योण्डर म्युजिक ईङंकसँग सहकार्य गर्दै नेपालमा योण्डर म्युजिक एप सार्वजनिक गरेको हो । यस एप मार्फत एनसेलका ग्राहकहरुले धेरै भन्दा धेरै गीतहरु निशुल्क सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । 

Advertisement

सबैभन्दा धेरै नेपाली गितहरु समावेस भएको यो एप डिजिटल म्युजिक लाइब्रेरी हो जसलाई एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरुले शुक्रबारबाटै डाउनलोड गरी लाभ लिन सक्नेछन्  । 

यस एप मार्फत एनसेलका ग्राहक तथा प्रयोगकर्ताले विनाकुनै विज्ञापन, विनाकुनै सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् ।  

सुरुवात्मा यो एप अन्य नेटवर्कमा उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि भने एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । 

ग्राहकले गुगलएप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्नेछन् । एपमा रेजिष्ट्रेशन पश्चात वाइफाइवाट मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ । 

यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायककम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री