शुक्रबार, १६ चैत २०८०

भक्तपुरमा मिनिवसको एकाधिकार तोड्दै साझाले सुचारु गर्यो सेवा

समयपोष्ट २०७४ जेठ १० गते ८:४०

भक्तपुरमा मिनिवस व्यवसयीहरुको एकाधिकार तोड्दै साझा यातायातले सेवा सुचारु गरेको छ । बुधबारबाट भक्तपुरको नयाँ बाटोमा साझाका बिस ठूला बसहरु चल्न सुरु गरेका हुन् ।  

Advertisement

साझाका बसहरु अब स्वयम्भुबाट सीतापाइला- कलंकी- रवीभवन- सोल्टीमोड- कालीमाटी- टेकु- त्रिपुरेश्वर- रत्नपार्क- सहीदगेट -थापाथली- माइतिघर- बबरमहल- नयाँबानेश्वर-मीनभवनहुँदै कोटेश्वरसम्म चल्नेछन् ।  सबै बस नयाँबाटो हुँदै भक्तपुरको सूर्यविनायकसम्म  जाने साझा यातायातले जनाएको छ । कोटेश्वरबाट जडिबुटी लोकन्थली- कैशलटार- गठ्ठाघर- ठिमी- सल्लाघारी हुँदै सुर्यविनायकसम्म बस सेवा विस्तार हुनेछ ।

सूर्यविनायकबाट सोही रुट हुँदै फर्किने बस माइतिघरबाट सिंहदरबार- पुतलीसडक- कमलादी- घण्टाघर- पुरानो बसपार्क-सहीद गेट- त्रिपुरेश्वर-कलंकी हुँदै स्वयम्भु नै फर्किनेछ ।कोटेश्वरबाट सानोठिमी-पुरानोठिमी- भक्तपुर हुँदै कमलविनायक भएर नयाँ बाटोमार्फत फर्किने गरी रुट मागेको साझाले त्यो रुटमा भने अनुमति पाएन ।

नयाँ बाटो र पुरानो बाटोमा बस सेवा विस्तारका लागि गत चैतको सुरुवातमै भक्तपुरसम्म रुट इजाजत माग्दै साझाले यातायात ब्यवस्था विभागको साना ठूला सवारी कार्यालयमा आवेदन दर्ता गरेको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री