बुधबार, १२ वैशाख २०८१

फेसबुकका फाउण्डरले हार्वर्ड पुगेर सम्झिए विगत

समयपोष्ट २०७४ जेठ १० गते ८:१८

तेत्तिस बर्षिया अर्बपति मार्क जुकरबर्ग तेह्र बर्ष पछि हार्वर्ड युनिभर्सिटीको त्यही कोठामा छिरे जहाँबाट उनले करीब तेह्र बर्ष पहिले फेस बुक लञ्च गरेको थिए । त्यहाँ पुगेर फेसबुकका फाउण्डर जुकरबर्गले  कलेजका रंगिन दिनसंगै पत्नी प्रिसिला चानसंग भएको भेटको सम्झना गरे । जुकरबर्गले सो कुरा फेसबुकमा २३ मिनेटको  भिडियो सेयर गर्दै सार्वजनिक गरेका छन् । 

Advertisement

जुकरबर्ग त्यति बेला होस्टल किर्कल्याण्ड हाउसको रुम एच ३३ मा बस्थे । सोही स्थानबाट उनले ४ फ्रेबअरी २००४ मा आफ्नै ल्यापटपबाट फेसबुक लञ्च गरेका थिए । त्यतिबेला जुकरबर्गकी पत्नी प्रिसिला पनि सोही होस्टेलमा बस्थिन् । उनीहरु दुबैको भेट पहिलो पटक होस्टलमै भएको जुकबर्गले भिडियोमा बताएका छन् । त्यतिबेला प्रिसिला १८ बर्षकी थिईन् भने जुकरबर्ग १९ बर्षका मात्र । उनीहरुले १९ मे २०१२ मा विवाह गरेका थिए । 

जुकबर्गको ग्राजुयसन सन् २००० मा पुरा हुँदै थियो । तर ग्राजुयसन गर्नुपुर्व जुकरबर्गले हार्वर्ड छाडिदिए । हार्वर्ड छाडेपछि उनको पुरै ध्यान सोसल नेटवर्किङ प्लाटफर्म विकास गर्न केन्द्रित रह्यो । आज फेसबुक संसारकै सबैभन्दा पपुलर नेटवर्किङ साईट बनेको छ जसको करीब दुई अर्ब मासिक प्रयोगकर्ताहरु रहेका छन् । 

जुकबर्गलाई  बिहिबार हार्वर्डले मानार्थ डिग्री प्रदान गरेर सम्मान गर्दै  छ । सोही अवसरमा जुकबर्गले मन्तब्य राख्ने भिडियोमा उल्लेख गरिएको छ । 

जुकरबर्गले सेयर गरेको उक्त भिडियो ६ घण्टामा ६ लाख भन्दा बढी मानिसहरुले हेरिसकेका छन् । जसमा ४ लाख ८८ हजार मानिसले रियाक्सन दिएका छन् भने २७ हजार भन्दा बढी सेयर भईसकेको छ ।

एजेन्सी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री