शुक्रबार, १४ वैशाख २०८१

सिद्धार्थ बैंकले जेठ १६ गते सेयरधनी किताब बन्द गर्ने

समयपोष्ट २०७४ जेठ ९ गते ८:४८

सिद्धार्थ बैंकले सेयरधनी किताब बन्द गर्ने मिति तय गरेको छ । बैंकले ३० प्रतिशत  हकप्रद जारी गर्न जेठ १६ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको बैंकको गत फागुन ५ गतेको साधारणसभाले ३० प्रतिशत हकप्रदको प्रस्ताव पारित गरेको थियो ।

Advertisement

३० प्रतिशत हकप्रदपछि बैंकको चुक्ता पूँजी ६ अर्ब ८२ करोड ६१ लख रुपैयाँ पुग्नेछ । सिद्धार्थ बैंकले जेठ १६ गते बुकक्लोज गर्ने निर्णय गरेपछि अबको कारोबार हुने चार दिनभित्र बैंकको सेयर किनेका लगानीकर्ताले ३० प्रतिशत हकप्रद भर्न पाउनेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री