शुक्रबार, १६ चैत २०८०

माछापुच्छ्रे बैंकले हकप्रद जारी गर्न बुकक्लोज मिति तोक्यो

समयपोष्ट २०७४ जेठ ९ गते ७:१९

माछापुच्छ्रे बैंकले चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद जारी गर्ने भएको छ ।  बैंकले १० कित्ता बराबर एक दशमलव दुई कित्ताको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको ७९ लाख १८ हजार ४४० कित्ता हकप्रद जारी गर्ने भएको हो ।  बैंकले हकप्रद जारी  गर्नको लागि जेठ १६ गते सेयरधनी किताब बन्द गर्ने मिति समेत तय गरेको छ । 

Advertisement

चुक्ता पुँजी ६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रहेको बैंकको हकप्रद बिक्री एनएमबि क्यापिटल लिमिटेडले गर्देछ ।  हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी नाघ्नेछ ।

यसैगरी बैंकले चुक्ता पूँजीको एक प्रतिशत वा सो भन्दा बढि सेयर रहेका सञ्चालक तथा आधारभुत सेयरधनीहरुलाई हकप्रद वापतको रकम  बैंकको खाता नं ९९९९५२४९९९९८८०५७ मा जेठ २३ गतेभित्र बुझाउन भनेको छ ।  

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५१ लाख ५२ हजार रुपैयाँ खुद नाफा गरी प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६० पैसा कायम गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री