शनिबार, १५ वैशाख २०८१

त्रिवि शिक्षण अस्पतालको डिन कार्यालयमा छापा,कागजात नियन्त्रणमा

समयपोष्ट २०७४ जेठ ८ गते ४:३४

त्रिवि शिक्षण अस्पतालस्थित डिनको कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले छापा मारेको छ ।
मास्टर्स अफ नर्सिङको प्रवेश परीक्षामा अनियमितता भएको दाबी गर्दै विद्यार्थी रितु यादवले दिएको उजुरीको आधारमा डिन डाक्टर जगदीश प्रसाद अग्रवालको कार्यकक्षमा केन्द्रले आइतबार अपरान्ह छापा मारेको हो । 
यादवको उजुरीमा प्रवेश परीक्षामा उत्तीर्ण भएपनि चलखेलको आधारमा काउन्सिलिङमा सहभागि नगराएको र आफूले पाउनुपर्ने सिट अरुलाई नै दिइएको दाबी गरिएको छ । केन्द्रले डिनको कार्यालयमा रहेका विभिन्न कागजात नियन्त्रणमा लिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री