शनिबार, ८ वैशाख २०८१

नेपाल एसबिआईको हकप्रद खुल्यो

समयपोष्ट २०७४ जेठ ७ गते ८:४७

नेपाल एसबिआई बैंकले आईतबारबाट हकप्रद निष्काशन खुला गरेको छ । बैंकले चुक्ता पूँजीको ४० प्रतिशत  हकप्रद जारी  गरेको हो ।

Advertisement

बैंकले १अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैँयाको एक करोड ९९ लाख १९ हजार चार सय २३.६० कित्ता हकप्रद बिक्री खोलेको छ । बैंकको हकप्रद निष्काशनका तथा बिक्री प्रवन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

 बैंकको हकप्रदमा गत बैशाख २५ गते सोमबारसम्म सेयर खरिद गरेका लगानीकर्ताले एसबिआई बैंकका सबै शाखा कार्यालयहरु, एसबिआई मर्चेन्ट बैकिंग लिमिटेड हात्तिसार, र एनएमबि क्यापिटल नागपोखरीबाट असार ११ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री