शुक्रबार, १६ चैत २०८०

विश्वकै पहिलो लिक्वड कष्टम इयरफोन,जुन प्रयोग गर्दा कानकै सेपमा परिवर्तित हुन्छ

समयपोष्ट २०७४ जेठ ७ गते ६:१९

'हैलोे इयर' कम्पनीले लिक्वड मेटलबाट बनेको पहिलो इयरफोन कष्टम फिट इयरफोन लञ्च गरेको छ । यो इयरफोन अन्य इयरफोनभन्दा स्टाईलिस, युनिक र आरामदायी छ । यस इयरफोनको प्रयोग गर्दा प्रयोगकर्ताले कानमा हुँने कुनै पनि किसिमका असुविधा सामना गर्नुपर्दैन । यो इयरफोन ९२.५ प्रतिशत् चाँदी (जुन गहना बनाउँन प्रयोग हुँने गर्दछ ) बाट बनेको कम्पनीको दाबी छ । 
यो इयरफोन प्रयोग गर्दा इयरफोन कानको सेपमा परिवर्तन हुँने गर्छ भने यसले बाहिरी आवाजलाई पनि ब्लक गरिदिन्छ । यो इयरफोनको तौल सिर्फ १५ ग्राम रहेको छ जसमा २८ डि बी सम्मको नाईस पलुसन रोक्ने क्षमता रहेको छ । यसको मुल्य २४९९ डलर देखि ३६९९ डलरको बिचमा रहेको छ । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री