मंगलबार, ११ वैशाख २०८१

सिटी एक्सप्रेसले दियो धुर्मुस सुन्तली फाउन्डेसनलाई २९ लाख

समयपोष्ट २०७४ जेठ ७ गते ४:०६

 सिटी एक्स्प्रेस मनी ट्रान्सफरले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग राशी स्वरुप रु २९ लाख हस्तान्तरण गरेको छ । 

Advertisement

सिटी एक्सप्रेसद्वारा जापानको नाकानो जिरो हलमा आयोजित ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमका दौरान धुर्मुस सुन्तली अर्थात् लोकपि्रय हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सो रकम हस्तान्तरण गरिएको हो ।

कम्पनीका तर्फबाट सिटी एक्स्प्रेसका अध्यक्ष महेशकुुुमार श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । च्यारिटी कार्यक्रमका रुपमा आयोजित धुर्मुस-सुन्तली साँझमा उपस्थित दर्शकहरुबाट रु. १४ लाख संकलन भएको जानकारी दिइएको छ । यसरी संकलित रु. १४ लाखमा सिटी एक्स्पे्रसले थप रु १५ लाख थपेर धुर्मुस सुन्तली फाउन्डेशनलाई एक मुस्ट नगद रु २९ लाख प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री