शनिबार, १५ वैशाख २०८१

नेप्से अध्यक्ष न्यौपानेले आज कार्यभार सम्हाल्ने

समयपोष्ट २०७४ जेठ ७ गते ३:४१

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षमा लक्ष्मण न्यौपाने नियुक्त भएका छन् । विहिबारको मन्त्रिपरिषद् बैठकले  उनलाई नेप्सेको अध्यक्षमा नियुक्त गरेको हो ।
अध्यष न्यौपानेले आइतवार देखि कार्यभार सम्हाल्ने जनाइएको छ । उनले अमेरिकावाट एमवीए गरेका छन् । अर्थशास्त्रका विज्ञका रुपमा उनको परिचय छ । यस अघिका अध्यक्ष रामजी रेग्मीलाई सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरिसकेको छ । उनी राष्ट्र बैंकको सञ्चालक भएपछि नेप्सेको अध्यक्ष पद रिक्त थियो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री