शुक्रबार, १४ वैशाख २०८१

गौरीशंकर हिमालको फेदीमा टेलिकमको जिएसएम सेवा संचालन

समयपोष्ट २०७४ जेठ ७ गते ३:३७

नेपाल टेलिकमले  दोलखाको बेदिङ्गमा विटिएस स्थापना गरि जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ । बेदिङ्ग दोलखाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिका अन्तर्गत पर्छ ।
यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा छ । शेर्पाहरुको बस्ती रहेको यो स्थान पर्यटकीय आकर्षणको केन्द्र भएपनि उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन ।
यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका करिव ८४ घरधुरीका करिव पाँच सय बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटक लाभान्वित हुने नेपाल टेलिमकी प्रवक्ता प्रतिभा बैद्यले वताइन् ।यस क्षेत्रका उपभोक्ताले पनि जिएसएम मोवाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्ने उनले वताइन । बेदिङ्गको च्छोरोल्पा हिमताल सदरमुकाम चरिकोटबाट लगभग ६५ किलोमिटर सडक मार्ग र दुई दिनको पैदल मार्गको दुरीमा छ ।
सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएका छन् । स्थानीय वासिन्दाले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री