बुधबार, १२ वैशाख २०८१

पाँच हजार बर्ष पहिले गरिएको थियो यस्तो भविष्यवाणी जुन अहिले हुँदै छ साँचो

समयपोष्ट २०७४ जेठ ५ गते ८:२५

श्रीमद्भाग्वत् पुराण हिन्दु धर्मको सबैभन्दा महत्वपुर्ण ग्रन्थहरु मध्यको एक हो । यस ग्रन्थको रचना आजभन्दा करीब पाँच हजार बर्ष पहिले भएको मानिन्छ । यस ग्रन्थमा कलियुगमा कस्ता कस्ता घटनाहरु घटित् हुनेछन् भन्ने कुराको भविष्यवाणी पहिलेनै गरिएको पाईन्छ । 

Advertisement

श्रीमद्भाग्वत् पुराणमा बताईए अनुसार कलियुगमा धर्म, सत्यवादिता, स्वच्छता,सहिष्णुता,दया ,जीवनको अवधि,शारिरिक शक्ति र स्मृती हरेक दिन घट्दै जाने उल्लेख गरिएको छ । 

कलियुगमा जुन ब्यक्तिसंग जति धन हुन्छ धनको आधारमा उसको गुण मापन गरिने छ भने कानुन,न्याय केवल शक्तिको आधारमा लागु हुँनेछ ।
यस युगमा स्त्री पुरुष विवाह नगरी आपसी रुचि अनुसार संगै बस्नेछन् । ब्यापारको सफलतामा छलमा निर्भर रहने छ भने  ब्राह्मणहरु केवल एक धागो बाधेर ब्राह्मण भएको दाबी गर्नेछन् । 

जुन मानिस धन खर्च गर्न असमर्थ हुन्छ उसलाई अदालतबाट न्याय मिल्ने छैन । जो ब्यक्ति चलाख र स्वार्थी हुन्छ यस युगमा उक्त ब्यक्तिलाई बिद्धान मानिने छ । 

मानिसहरु भोक ,माया जस्ता अनेक प्रकारका समस्याबाट चिन्तित रहनेछन् । कयौँ प्रकारका रोगहरुले मानिसहरुलाई घेरिनै रहनेछ । कलियुगमा मानिसको आयु मात्र बिस देखि तिस बर्षसम्मको हुनेछ । 
मानिसहरुले टाढाको नदी ,तलाउलाई तिर्थ मान्नेछन् भने आफ्नै माता पितालाई अपहेलना गर्नेछन् । टाउँकोमा लामो लामो कपाल राख्नु सुन्दरता मानिने छ भने पेट भर्नुनै मानिसको एक मात्र उदेश्य हुँनेछ । 

कहिले पानीनै नपर्ने त कहिले भारी बर्ष हुँने,कहिले एकदम जाडो त कहिले एकदम गर्मी ,कहिले बाढी आउँने छ त कहिले तुफान । यस्तै यस्तै परिस्थितीसंग जुध्दै मानिसको अन्त्य हुँदै जानेछ । 

जुन ब्यक्तिसंग धन हुँदैन त्यो ब्यक्तिलाई यस युगमा अधर्मि ,अपवित्र र बेकार मानिनेछ । विवाह दुई ब्यक्ति बिच मात्र एक सम्झौता हुँनेछ । मानिसहरु मात्र स्नान गरेर अन्तर आत्माबाट पवित्र भएको सम्झनेछन् । 

धर्मकर्म मानिसहरुको अगाडी राम्रो देखिनको लागि मात्र मानिसहरुले गर्नेछन् । पृथ्वी भ्रष्ट मानिसहरुबाट भरिने छ भने सत्ता हासिल गर्नको लागि मानिसले मानिसको हत्या गर्नेछन् । 

अकाल र अत्याधिक करको कारण मानिसहरु सडक र पहाडमा बस्न बाध्य हुँनेछन् भने जंगली फलफुल ,रुखका पात,जरा,बिया ,मासु खान बाध्य हुँनेछन् । 
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री