शुक्रबार, ७ वैशाख २०८१

रिजनल एक्सिलेन्स अवार्ड लक्ष्मी इन्टरकन्टिनेन्टललाई

समयपोष्ट २०७४ जेठ ५ गते ५:२८

नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले एशिया तथा प्यासिफिक क्षेत्रको रिजनल एक्सिलेन्स अवार्ड २०१६ जितेको छ । दक्षिण कोरियामा मे १० तारिखदेखि १३ तारिखसम्म सम्पन्न हुण्डाई ग्लोबल डिस्टि्रीब्युटर कन्भेन्सनमा लक्ष्मी इन्टरकन्टिनेन्टलले सो अवार्ड जितेको  हो ।

Advertisement

हुण्डाइको ५० बषिर्य गौरवपूर्ण यात्राको उपलक्ष्यमा आयोजित सो कार्यक्रममा १३२ देशबाट २४८ जना हुण्डाई गाडीका वितरक तथा बिक्रेताहरु उपस्थित थिए ।लक्ष्मी इन्टरकन्टिनेन्टलले क्षेत्रीय रुपमा उत्कृष्ट पर्फमेन्स गरेको भन्दै एक्सिलेन्स अवार्ड हात पारेको हो ।

हरेक बर्ष आयोजना हुने हुण्डाईका प्रमुख कार्यकारीहरुको सम्मेलनका अबसरमा हुण्डाइले पहिलो श्रेणीको अटोमोबाइल उत्पादक बन्न दृष्टिकोणसमेत सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री