शनिबार, ८ कार्तिक २०७७

टेलिकमले ल्यायो डाटा प्याकेजमा सहुलियत अफर

समयपोष्ट २०७४ जेठ ३ गते ६:१५

नेपाल टेलिकमले  बिभिन्न प्रमोसनल अफरहरु ल्याएको छ । टेलिफोन सेवा उपलब्ध गराएको १ सय वर्ष पूरा भएको अवसरमा टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई प्रमोसनल अफरहरु ल्याएको हो । 

Advertisement

कम्पनीले फोरजी डाटा प्याकेज जिएसएम सेवा, अल टाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ ।फोरजी डाटा प्याकेज अन्तर्गत ५० रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी २ सय एमबी डाटा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।  कम्पनीका अनुसार १ सय रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा, २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १२ सय एमबी डाटा, ३ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी २ हजार एमबी डाटा र ५ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ३ हजार ६ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

यो सेवा लिनका लागि जति एमबी आवश्यक पर्ने हो सोही अनुसार १४१५ मा सन्देश पठाउनु पर्नेछ ।अल टाइम डेटा प्याक अन्तर्गत स्मल डेटा प्याक (रु.२५ र रु.५०)  थप गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी अल टाइम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६० एमबी डाटा उपलब्ध गराइएको छ ।

Advertisement

त्यस्तै ५० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय २५ एमबी डाटा, १ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ४ सय एमबी डाटा,२ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ८ सय ५० एमबी डाटा र ३ सय रुपैयाँमा तीस दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ हजार ५ सय एमबी डाटा उपलब्ध गराइएको छ ।

नाइट डाटा प्याकेज अन्तर्गत २ सय रुपैयाँमा ३ जीबी डाटा र ३ सय रुपैयाँमा ६.५ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म तीस दिनसम्म उपभोग गर्न पाइने गरी उपलब्ध गराइएको छ ।

फेसबुक तथा इन्स्टाग्राम डाटा प्याकेज अन्तर्गत २५ रुपैयाँमा सात दिनसम्म उपभोग गर्न पाउने गरी १ सय १० एमबी डाटा उपलब्ध गराइएको छ ।

५० रुपैयाँमा चौध दिनसम्म उपभोग गर्न पाउने गरी २ सय ३० एमबी डाटा, १ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र २ सय रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ हजार १ सय एमबी डाटा उपलब्ध गराइएको छ ।  विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन देखि शुरु भएको कम्पनीको यो प्रर्वद्धनात्मक अफर साउन २८ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री