शुक्रबार, १४ वैशाख २०८१

प्रमुख निर्वाचन आयुक्त यादव भन्छन्,‘ निर्वाचनको सबै तयारी सकियो, निर्भिक भएर मतदान गर्नुहोस्’

समयपोष्ट २०७४ वैशाख २७ गते १०:५६

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकारले भनेपनि अब जेठ ३१ को दोस्रो चरणको निर्वाचनको मिति तलमाथि नहुने स्पष्ट पारेका छन् । उनले भने,‘आयोगले सम्पूर्ण तयारी गरिसकेको छ, जेठ ३१ गतेको निर्वाचन तलमाथि हुँदैन् ।’ 
रिपोर्टर्स क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनको मिति बजेट अघि नै गर्ने कुरा चलिरहेको सन्दर्भमा यस्तो प्रतिक्रिया दिएका हुन् । 
उनले भने,‘निर्वाचनको मिति तोक्ने, सार्ने अधिकार सरकारलाई छ, तर अहिले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनको मिति तलमाथि गर्न हुँदैन, यदि मिति सारिए आयोगले निर्वाचन सक्दैन् ।’ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचन बजेट अघि नै गर्नुपर्ने माँग गरेको छ नि भनेर पत्रकारले सोधेको प्रश्नमा यादवले भने,‘यसबारेमा मलाई अहिलेसम्म आधिकारिक जानकारी छैन, यस्तो कुरा सरकारबाट आउनुपर्छ, अहिलेसम्म आएकोपनि छैन।’ 
यादवले सरकार परिवर्तनमा निर्वाचन आयोगले हस्तक्षेप नगर्ने बताएका छन् । साथै आयोगले सरकारलाई बजेट ल्याउन नरोक्ने समेत स्पष्ट पारे । यद्धपी उनले बजेट ल्याउँदा निर्वाचन आचारसंहिता अनुकुल मात्र आउनु पर्ने बताए ।
यादवले भने,‘सरकार गठनमा प्रवेश गर्नु उपयुक्त र हाम्रो आफ्नो क्षेत्राधिकारमा पर्दैन ।’  मुलुक अहिले पनि संक्रमणकालमै रहेको भन्दै उनले अघि भने, ‘केयर टेकर सरकार भएको भए एउटा कुरा हुन्थ्यो । तर, कहिले बहुमत त कहिले अल्पमतको सरकार हुन्छ । हामी सरकार गठनमा हस्तक्षेप गर्न गयौं भने चुनाव गराउनुपर्ने मुल कामबाट विमुख हुनसक्छौं ।’ संक्रमणकाल भएको हँुदा नेपाल सरकारले हालै गरेको मन्त्रिपरिषद बिस्तारलाई सामान्य रुपमा लिनुपर्ने र निर्वाचन आयोगले यो कार्यमा ध्यान दिन जरुरी नभएको उनको भनाई थियो । 
प्रमुख आयुक्त यादवले सरकारले जेठ १५ मै बजेट ल्याउन सक्ने बताए । तर, मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम भने राख्न नपाइने उनले बताए ।
जेठ १५ मा बजेट ल्याउने संवैधानिक व्यवस्था नै रहेको भन्दै उनले भने,‘बजेट ल्याउन मिल्छ,तर, आचार संहित अनुकुल हुनुपर्छ, मतदातालाई प्रभावित पार्ने नयाँ कार्यक्रम बजेट ल्याउनु हुँदैन भनेका छौं ।’ उनले बजेट देश र जनताको लागि आवश्यक भएकोले आर्थिक रुपान्तरणमा यसको महत्व भएकोले सरकाले तोकिएकै मितिमा बजेट ल्याउन सक्ने स्पष्ट पारे । 
यादवले यही बैशाख ३१ गते हुने पहिलो चरणको निर्वाच्नको सबै तयारी भएको जानकारी दिए । उनले भने,‘निर्वाचनको सम्पूर्ण तयारी भैसकेको छ, भोलि (बिहीबार) राति १२ बजेसम्ममात्रै उम्मेद्धवारहरुले चुनावी प्रचारप्रसार गर्न पाउँछन्, त्यसपछि मौन अवधि सुरु हुन्छ, यदि मौन अवधिमा पनि प्रचार–प्रसार गरेको पाई हामी कारवाही गर्छौं ।’
यादवले निर्वाचनको लागि पत्रकार र बौद्धिक बर्गबाट ठूलो सहयोग भएको बताउँदै निर्वाचन सफल बनाउनको लागि साथ, सहयोग र यस्तै खाले भूमिकाको आयोगले अपेक्षा गरेको बताए । उनले भने,‘मिडियाहरुको ठूलो भूमिका छ, त्यसमा पनि क्लबका सभापति ऋषिजीको धेरै ठूलो योगदान रहेको छ, उहाँले निर्वाचनको वातावरण बनाउनको लागि सूरुवातदेखि नै सकारात्मक सोचका साथ काम गर्नुभएको छ, म यसको खुलेरै प्रशंसा गर्छु।’
उनले निर्वाचन आयोगले मतदाताहरुलाइ स्वतन्त्रपुर्वक मतदान गर्ने वातावरण बनाएको दाबी समेत गरे । उनले भने,‘यो निर्वाचनमा ३ वटै प्रदेशमा उच्चस्तरको सुरक्षा प्रबन्ध गरिएको छ, सुरक्षालाई लिएर कुनै समस्या छैन्, मतदान अधिकृतहरु पुगिसकेका छन्, मतदाताहरुले स्वतन्त्रपूर्वक मतदान गर्ने वातावरण बनेको छ, भयरहित वातावरणमा भोट हाल्न पाउनेछन् ।’ 
यद्धपी उनले निर्वाचनलाई असर पार्ने गरि छुटपुट भैरहेका घट्नामा आयोग पूर्ण सचेत छ । उनले स्थानीय तहको यो निर्वाचन ऐतिहाँसिक भएकोले कसैलेपनि यो ऐतिहाँसिक अवसरलाई गुमान नहुने तर्क गरे ।  
मतदाता शिक्षाको प्रचार–प्रसार गर्ने काम निर्वाचन आयोगबाट खटिएका प्रतिनिधि, राजनैतिक दलका कार्यकताहरुद्वारा ब्यापक रुपमा भैरहेको समेत उनले जानकारी दिए । त्यस्तै उनले विभिन्न सञ्चारमाध्यमहरु रेडियो, टेलिभिजन र अनलाइनबाट पनि मतदाता शिक्षा कार्यक्रम प्रभावशाली रुपमा भैरहेको बताए । 
त्यस्तै यादवले बिगतका निर्वाचनमाभन्दा अहिलेको निर्वाचनमा सबै क्षेत्रबाट निर्वाचन आचारसंहिता सबैले पालन गरेको समेत स्पष्ट पारे ।
त्यस्तै उनले मतगणनाको समय निर्वाचन अधिकृतले तयार गर्ने समेत जानकारी दिए । उनले भने,‘जब निर्वाचन सकिन्छ, त्यसपछि  सबै मतपेटिका निर्वाचन अधिकृतको हातमा आउन साथ मतगणना सुरु हुन्छ, निर्वाचन अधिकृतले कानून अनुसार नै प्रक्रिया अघि बढाउनुहुन्छ, निर्वाचन सकिएलगत्तै त्यही रातिपनि गणना हुन्छ, नभए विहानपनि हुन्छ, तर मतगणना रोक्नुहँदैन्।’ यादवले दोस्रो चरणको निर्वाचन जेष्ठ ३१ मै हुने बताउँदै त्यसमा सबैलाई ढुक्क हुन आग्रह समेत गरे । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री