शुक्रबार, ७ वैशाख २०८१

एभरेष्ट बैंकको हकप्रद धितोपत्र बोर्डबाट स्वीकृत

समयपोष्ट २०७४ वैशाख २० गते १२:३४

एभरेष्ट बैंकले ३३ प्रतिशत अर्थात तीन बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको छ ।

Advertisement

बैंकले हाल कायम पूँजीको ३३ दशमलव ३३ प्रतिशतले हुने एक अर्ब ५३ करोड ३१ लाख रुपैंया बराबरको एक करोड ५० लाख ८८ हजार ८७ कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको हो । बैंकको गत पुस २३ गते बसेको वार्षिक साधारण सभाले ३३.३३ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । बैकको सेयर निष्काशनमा एनआईएल क्यापिटल रहेको छ । तेस्रो त्रैमाससम्ममा बैंकको चुक्ता पूँजी चार अर्ब ६० करोड ६४ लाख रुपैंयाँ रहेको छ । हकप्रदपछि बैंकको चुक्ता पूँजी छ अर्ब ११ करोड ५२ लाख रुपैयाँ नाध्नेछ ।बैंकले बुधबार नै विशेष साधारणसभा मार्फत मर्ज तथा एक्विजिसनमा जाने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री