बिहीबार, १५ जेठ २०८२

२०८०/८१ मा सार्वजनिक संस्थानको साढे ४२ अर्ब नाफा, ६ खर्बभन्दा बढी सञ्चालन आय

समयपोष्ट २०८२ जेठ १५ गते १४:२६

Advertisement

नेपालको सार्वजनिक संस्थानहरूले आर्थिक वर्ष २०८०/८१ मा ४२ अर्ब ६२ करोड रुपैयाँ नाफा कमाएका छन्। अर्थ मन्त्रालयले प्रतिनिधिसभामा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षामा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो।

हाल नेपालमा औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्र गरी जम्मा ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा छन्। तीमध्ये २८ वटा संस्थानले नाफा कमाएका हुन् भने १५ वटा संस्थान घाटामा गएका छन्। बाँकी २ वटा संस्थान भने बन्द अवस्थामा रहेका छन्।

समीक्षा अनुसार २० वटा संस्थान पूर्णतः सरकारी स्वामित्वमा रहेका छन् भने २५ वटा संस्थानमा सरकारको बहुमत स्वामित्व छ। यी सबै सार्वजनिक संस्थानले संयुक्त रूपमा ६ खर्ब ६० अर्ब १५ करोड रुपैयाँ बराबरको सञ्चालन आय गरेका छन्।

यो आय अघिल्लो आर्थिक वर्षको तुलनामा ०.२२ प्रतिशतले कम हो। अर्थ मन्त्रालयका अनुसार कुल गार्हस्थ्य उत्पादनमा सार्वजनिक संस्थानको सञ्चालन आयको योगदान ११.५७ प्रतिशत रहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री