बुधबार, २९ असोज २०८२

ट्रम्प प्रशासनद्वारा हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध

समयपोष्ट २०८२ जेठ ९ गते ११:१५


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले देशकै जेठो विश्वविद्यालय हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा प्रतिबन्ध लगाएको छ। ट्रम्प प्रशासन अन्तर्गत होमल्याण्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोइमले हार्वर्डको अन्तर्राष्ट्रिय विद्यार्थी तथा आदानप्रदान कार्यक्रम पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको जानकारी दिएकी हुन्।

Advertisement

प्रशासनको आदेश उल्लंघन गरे कडा कारवाही गरिने चेतावनीसमेत दिइएको छ। होमल्याण्ड सेक्युरिटी विभागले हार्वर्डले अबदेखि नयाँ विदेशी विद्यार्थी भर्ना गर्न नपाउने र हाल अध्ययनरत विदेशी विद्यार्थीले या त ट्रान्सफर लिनुपर्ने वा आफ्नो कानूनी हैसियत गुमाउने बताएको छ।

बीबीसीका अनुसार हाल हार्वर्डमा करिब ६,७०० विदेशी विद्यार्थी अध्ययनरत छन्, जुन कुल विद्यार्थी संख्याको २७ प्रतिशत हो। विश्वविद्यालयले १४० भन्दा बढी देशबाट विद्यार्थी भित्र्याउँदै आएको जानकारी दिंदै यस निर्णयको कडा विरोध जनाएको छ।

हार्वर्ड प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी हाम्रो अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना क्षमतालाई कायम राख्न प्रतिबद्ध छौं। यी विद्यार्थीहरूले हार्वर्ड मात्र होइन, सम्पूर्ण अमेरिकालाई समृद्ध बनाएका छन्।”

यसअघि ट्रम्प प्रशासनले हार्वर्डलाई दिँदै आएको संघीय अनुदानमा समेत कटौती गरेको थियो। विश्लेषकहरूका अनुसार हार्वर्डमा वामपन्थी विचार, चिनियाँ कम्युनिष्ट पार्टीसँग सम्बन्ध, इस्लामिक विचारधारा, इजरायल विरोधी दृष्टिकोण तथा क्याम्पसमा बढ्दो आन्दोलनप्रति असन्तुष्टि जनाउँदै प्रशासनले यो कदम चालेको हो।

Advertisement

विश्वविद्यालय प्रशासनले ट्रम्प सरकारको निर्णयलाई “गैरकानुनी” र “शिक्षाको सार्वभौमिक पहुँच विरुद्धको कार्य” को रूपमा व्याख्या गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री