सान्भि इनर्जीको आईपीओ बिक्री खुला
सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि शेयर निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २४ लाख १५ हजार ३०० कित्ता शेयर अर्थात् २४ करोड १५ लाख ३० हजार रुपैयाँबराबरको आईपीओ निष्काशन गरेको हो।
यसअघि कम्पनीले ८ लाख ८० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र २ लाख ९१ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरिसकेको छ। साथै, १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष तथा ५८ हजार २०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो।
सार्वजनिक निष्काशनमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम म्याद जेठ १३ गतेसम्म तोकिएको छ, तर सो अवधिमा मागअनुसार आवेदन नपरेमा समय जेठ २३ गतेसम्म थपिने छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया