बुधबार, ७ जेठ २०८२

नवनियुक्त गभर्नर र अर्थमन्त्रीबिच भेटवार्ता, मौद्रिक र वित्तीय नीति समन्वयमा जोड

समयपोष्ट २०८२ जेठ ७ गते १२:५३

Advertisement

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलबिच आज बिहान भेटवार्ता भएको छ। गभर्नर नियुक्तिसँगै डा. पौडेलले आज बिहान अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री पौडेलसँग भेट गरेका हुन्।

भेटमा अर्थमन्त्री पौडेलले वित्तीय नीतिलाई मौद्रिक नीतिसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै हाल देखिएका आर्थिक चुनौती समाधानका लागि गभर्नर डा. पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

नवनियुक्त गभर्नर डा. पौडेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सरकारको वित्त नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने उल्लेख गर्दै वित्तीय क्षेत्रको प्रभावकारिता बढाउन राष्ट्र बैंकको सुपरीवेक्षकीय क्षमतामा सुधार ल्याउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री