शनिबार, ३ जेठ २०८२

काठमाडौं आइपुगिन् नोरा फतेही

समयपोष्ट २०८२ जेठ ३ गते ९:४६

Advertisement

चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेही काठमाडौं आइपुगेकी छन् । नोरा शनिबार बिहान काठमाडौँ आइपुगेकी हुन् । शनिबार बेलुका बौद्धस्थित हायातको चौरमा हुने ‘नोरा फतेही लाइभ इन नेपाल’मा उनले प्रस्तुति दिने कार्यक्रम छ ।

शुक्रबार फतेहीको २३ सदस्यीय टोली काठमाडौं आइपुगिसकेको छ । आइतबार बिहान उनले वसन्तपुर दरबार स्क्वायरसहितका सांस्कृतिक र पर्यटकीय सम्पदाको भ्रमण गर्नेछिन् । आइतबार अपरान्ह उनी दुबई फिर्ने कार्यक्रम रहेको इभेन्ट म्यानेजर मनीष कार्कीले बताए ।

शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने कार्यक्रमका लागि फतेही आउन लागेकी हुन् । अहिले खल्ती र आइएमई पेबाट धमाधम टिकट विक्री भैरहेको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले बताए । कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले प्रस्तुति दिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री