ह्वात्तै घट्यो सुनको मुल्य

सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुन एक लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री