शिवम् सिमेन्ट्सको खुद नाफा ९६.०८% ले वृद्धि, तेस्रो त्रैमासमा ४० करोड ५ लाख कमायो
शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि भएको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको २० करोड ४२ लाख रुपैयाँको तुलनामा ९६.०८ प्रतिशत बढी हो।
सञ्चालन आम्दानीमा १०.०१ प्रतिशत कमी आए पनि खर्च नियन्त्रणका कारण कम्पनीको खुद नाफा बढेको हो। समीक्षा अवधिमा कुल नाफा ३१.४३ प्रतिशतले वृद्धि भएको छ, जबकि अन्य आम्दानी २७.१० प्रतिशत र अन्य खर्च ७.८० प्रतिशतले घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा यो आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ। चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ।
५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया