बिहीबार, १ जेठ २०८२

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

समयपोष्ट २०८२ वैशाख २८ गते १६:५४

Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०८०/०८१ को २८औं वार्षिक साधारण सभा आज आइतबार काठमाडौंको रानीमहल बैकेट, ज्ञानेश्वरमा कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा सम्पन्न भएको छ।

सभामा अध्यक्ष मुलले कम्पनीको व्यवसाय, प्रगति र अन्य कामकारबाहीबारे शेयरधनीहरूलाई विस्तृत जानकारी गराउनुभयो। कम्पनीले आ.व. २०८०/०८१ मा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन गत आ.व. २०७९/०८० को तुलनामा ४% ले वृद्धि भएको छ। साथै, गत वर्षको तुलनामा ३१% बढी खुद मुनाफा कमाउन कम्पनी सफल भएको छ। दाबी भुक्तानीतर्फ, गत वर्ष २.३८ अर्ब रुपैयाँको तुलनामा यस वर्ष २.८३ अर्ब रुपैयाँ भुक्तानी गरिएको छ।

अध्यक्ष मुलले आगामी आर्थिक वर्षहरूमा पनि ग्राहकहरूलाई उच्च सेवा र प्रतिफल प्रदान गर्ने लक्ष्यसहित कम्पनी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Advertisement

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८०/०८१ को वित्तीय विवरण, आ.व. २०८१/०८२ का लागि लेखापरीक्षक नियुक्ति, शेयरधनीहरूलाई १५% नगद लाभांश वितरण, सञ्चालक समितिको बैठक भत्ता वृद्धि र सामाजिक उत्तरदायित्वअन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरू पारित गरेको छ।

सभामा १७ जना शेयरधनीहरूले आ–आफ्नो धारणा राखेका थिए। कम्पनीले आगामी दिनमा पनि पारदर्शी र प्रभावकारी व्यवस्थापनमार्फत शेयरधनी र ग्राहकहरूको विश्वास कायम राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री