मंगलबार, ६ साउन २०८२

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको खुद नाफा ६३८.६४% वृद्धि

समयपोष्ट २०८२ वैशाख २८ गते ९:३७

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको १४ लाख २६ हजार रुपैयाँको तुलनामा ६३८.६४ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३४६.४२ प्रतिशतले वृद्धि भएको छ भने कुल आम्दानी १९८.७२ प्रतिशतले बढेको छ। यस्तै, खुद दाबी भुक्तानी ३८३.१५ प्रतिशत र कुल खर्च १९०.५९ प्रतिशतले बढेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १ रुपैयाँ ८७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९५.४० गुणा र प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ ८८ पैसा रहेको छ।

७५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा २० लाख ४८ हजार रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७३ लाख ३२ हजार रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री