बरुण हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ७ करोड २७ लाख

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले यो अवधिमा ७ करोड २७ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा हेवा खोला साना जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएका कारण कुनै विद्युत बिक्री आम्दानी भएको थिएन।
विद्युत बिक्री आम्दानीमा भएको वृद्धिसँगै कम्पनीको खुद नाफा पनि धनात्मक बनेको छ। गत वर्ष चैत मसान्तसम्म ४ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको खुद नाफा, चालु वर्षको सोही अवधिमा ३५ लाख ७८ हजार रुपैयाँ धनात्मक भएको छ।
तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनीको कुल नाफा ४ करोड ७४ लाख रुपैयाँ, गैर सञ्चालन आम्दानी १ करोड ५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५ करोड २ लाख रुपैयाँ र वित्तीय खर्च २ करोड २७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ छ। यस्तै, शेयर प्रिमियम ४ करोड ३७ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्ग २ करोड ५३ लाख रुपैयाँ रहेको छ। चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी ८९ पैसा र प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ९० पैसा रहेको छ।
 




























 
	
प्रतिक्रिया