शुक्रबार, २ साउन २०८२

नागरिक लगानी कोषको खुद नाफा १.८८% बढ्यो, ईपीएस भने घट्यो

समयपोष्ट २०८२ वैशाख २८ गते ९:३२

नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८८ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको ८८ करोड २४ लाख रुपैयाँको तुलनामा सामान्य वृद्धि हो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटे पनि सेवा शुल्क तथा कमिशन आम्दानी १५.०६ प्रतिशतले बढेको छ। यस्तै, कुल आम्दानी ८.२३ प्रतिशत र कुल खर्च ३९.३६ प्रतिशतले वृद्धि भएको छ।

नाफामा वृद्धि भए पनि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने ३ रुपैयाँ ६५ पैसाले घटेर १८ रुपैयाँ ४९ पैसामा झरेको छ। चैत मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा र मूल्य आम्दानी अनुपात १०५.१४ गुणा रहेको छ।

६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ३ खर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री