
सरकारले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधार परियोजनाहरूको पुनः प्राथमिकिकरण गर्ने भएको छ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।
राष्ट्रपतिले भने, “विगतमा सरकारले घोषणा गरेका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजना पुनः प्राथमिकिकरण गरिनेछ। आगामी आर्थिक वर्षमा सम्पन्न हुने गरी समयतालिका निर्धारण गरिने छ।”
उनका अनुसार निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सबै आयोजनाहरूका लागि आवश्यक स्रोतको आकलन गरिनेछ। स्रोत अभाव भएका आयोजना स्थगन गरिने र त्रुटिपूर्ण आयोजनाहरू खारेज गरिने स्पष्ट नीति अपनाइनेछ।









प्रतिक्रिया